इन्स्योरेन्स डिस्कोर्श: नेपालमा स्वास्थ्य बीमाको भविष्य सत्रमा सञ्चारकर्मी स्मिथु घिसिङ मोडरेटरको भूमिकामा 


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को मोडरेटरमा सञ्चारकर्मी स्मिथु घिसिङ तामाङ्ग रहने भएकी छिन्। उनी आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा इन्स्योरेन्स डिस्कोर्शमा तेस्रो सत्रका मोडरेटरको भूमिकामा रहने भएकी हुन्।

उनले स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य विषयक सत्रमा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नेछिन्। यस सत्रमा बीमा प्रधिकरणका निर्देशक शम्भराज लामिछाने, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डे, नेपाल मेडिसिटीका सीईओ डा.अमित तोमर र सिंगापुरका प्रोफेसर इयान लिम वक्ताका रुपमा रहेका छन्। 

घिसिङ नेपाल टेलिभिजनमा अङ्ग्रेजी समाचार वाचकका रूपमा कार्यरत छिन्। उनले इमेज च्यानल टेलिभिजन, द हिमालयन टाइम्स लगायतका सञ्चार माध्यमहरूमा समेत काम गरेकी छिन्। डिस्कोर्श यही वर्ष २०८२ को माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ। 

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

Skip This