इन्स्योरेन्स डिस्कोर्श: बैंकासुरेन्स सम्बन्धि सत्रमा बीमा प्राधिकरणका निर्देशक अधिकारी सहभागी हुँदै


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को पहिलो सत्रमा वक्ताका रुपमा नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शको ‘कहिले खुल्छ बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा अधिकारी सहभागी हुने भएका हुन्।

नेपाल धितोपत्र बोर्डमा पनि कार्यानुभव संगालेका अधिकारी हाल प्राधिकरणमा कार्यरत छन्। अधिकारी प्राधिकरणको बीमालेख महाशाखाका प्रमुखको जिम्मेवारीमा छन्।

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहनेछ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ।

यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।