काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को एउटा सत्रकाे मोडरेटरकाे भूमिका सञ्चारकर्मी सुरेन्द्र कट्टेलले गर्ने भएका छन्। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुने इन्स्योरेन्स डिस्कोर्शमा कट्टेलले चोथौ सत्रमा मोडरेटरको भूमिका निर्वाह गर्ने भएका हुन्।
उनले इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै विषयक सत्रमा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नेछन्। यस सत्रमा बीमा प्रधिकरणका निर्देशक धुव्र तिमल्सिना, सूर्य ज्योतिका सीईओ प्रकाश विक्रम खत्री, फोन पेका दिवस सापकोटा र खल्ती– आईएमईका सीईओ प्रवीण रेग्मी वक्ताका रूपमा सहभागी हुनेछन्।
कट्टेलसँग आसमञ्चारका माध्यममा काम गरेको १ दशकको अनुभव छ। उनले विभिन्न टेलिभिजनमा प्रस्ताेताकाे भूमिका निर्वाह गरेका कट्टेल हाल कान्तिपुर टेलिभिजनमा आवद्ध छन्। डिस्कोर्श यही वर्ष २०८२ को माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ। उनको पत्रकारितामा एक दशक लामो अनुभव रहेको छ।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ । यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया