काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को ‘स्पेसल डुओलग’ मा योजना आयोगका उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ आउने भएका छन्। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा इन्स्योरेन्स डिस्कोर्शमा श्रेष्ठ ‘स्पेसल डुओलग’ मा सहभागी हुनेछन्।
बीमाको अर्थशास्त्र विषयमा हुने विशेष सत्रमा श्रेष्ठ सहभागी हुनेछन्। श्रेष्ठले पाटन मल्टिपल क्याम्पसबाट अर्थशास्त्र र गणित विषयमा बीए गरेका छन्। सन् १९९६ मा अर्थशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको उपाधि प्राप्त गरेका श्रेष्ठले अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट सन् २००४ मा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। यस्तै, वित्त विषयमा स्नातकोत्तर गर्नुका साथै तथा सन् २०१२ मा द न्यु स्कुल विश्वविद्यालय, न्यूयोर्कबाट विद्यावारिधि गरेका छन्।
बैंकिङ्ग क्षेत्रको राम्रो अनुभव सँगालेका डा. प्रकाशले विभिन्न पुरस्कार र छात्रवृत्ति पनि प्राप्त गरिसकेका छन् । डा.श्रेष्ठले २७ वर्ष अघि सहायक निर्देशकको भूमिकामा राष्ट्र बैंकको जागिर सुरु गरेका थिए। उनले २०५४ साल मंसिर २३ गतेदेखि केन्द्रीय बैंकमा जागिर सुरु गरेका हुन्। राष्ट्र बैंक प्रवेशको ८ वर्षपछि उप-निर्देशक पदमा बढुवा भएका डा. श्रेष्ठ त्यसको केही समयमा नै निर्देशक बने। राष्ट्र बैंकमा निर्देशकका रूपमा काम गर्दै गर्दा उनी सार्क फाइनान्सको समन्वयक समेत बनेका थिए।
यस्तै, लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा सोही प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्ष बनिसकेका छन्। यस्तै, राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभाग लगायतकोको कार्यकारी निर्देशक हुँदै विभिन्न विभागको नेतृत्व गरिसकेका छन्। बैंकिङ्ग क्षेत्रमा विज्ञता हासिल गरेका उनले अर्थमन्त्रीका सल्लाकारका रुपमा पनि काम गरिसकेका छन्।
राष्ट्रिय बैंकिङ्ग इन्स्टिच्युटको अध्यक्ष, नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक सदस्य बनेर काम गरिसकेका छन्। यस्तै, संयुक्त राष्ट्र संघको एशिया प्यासिफिक क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगमा अनुसन्धानकर्ताकारुपमा काम गरिसकेका छन्। यसबाहेक, उनले त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय अर्थशास्त्र विभागमा एमफिल गरिरहेका विद्यार्थीहरूलाई वित्तीय अर्थशास्त्र अध्यापन समेत गराएका छन् भने ‘द न्यू स्कूल फर सोशल रिसर्च, न्यूयोर्क’मा शिक्षण सहयोगीको भूमिकामा काम गरेको अनुभव सँगालेका छन्।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ। सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ।
यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा.प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया