काठमाडौं – यो साताको पहिलो कारोबार दिन आइतबार २ हजार ८ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भयो। आइतबार बढेको सुनको मूल्य सोमबार ४१ हजार रुपैयाँ बढ्दै २ लाख ७४ हजार सात सय रुपैयाँमा कारोबार भयो। यस्तै, मंगलबार १ हजार ८ सय रुपैयाँले बढ्दै २ लाख ७६ हजार पाँच सय रुपैयाँ पुग्यो।
आइतबार, सोमबार, मंगलबार लगातार बढेको सुनको मूल्य बुधबार पनि बढ्यो। बुधबार तोलामा १५ सय रुपैयाँले बढ्दै २ लाख ७८ हजार रुपैयाँमा कारोबार भयो।
लगातार बढिरहेको सुनको मूल्यमा बिहीबार भने गिरावट देखियो। बिहीबार तोलामा १५ सय रुपैयाँले घट्दै दुई लाख ७६ हजार पाँच सय रुपैयाँ पुग्यो। यस्तै, साताको अन्तिम दिन शुक्रबार ७ सय रुपैयाँले २ लाख ७७ हजार २ सय रुपैयाँमा काराेबार भयाे।





About Us
प्रतिक्रिया