इन्स्योरेन्स डिस्कोर्शको ‘पावर्ड वाइ’ मा सुर्य ज्योति लाइफ


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को पावर्ड वाइमा सुर्य ज्योति लाइफ आबद्ध भएको छ। बैंकिङ्ग समाचार र न्यूज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुने तेस्रो संस्करणको नेशनल इन्स्योरेन्स डिस्कोर्शको पावर्ड वाइमा सुर्य ज्योति लाइफ आबद्ध भएको हो।

इन्स्योरेन्स डिस्कोर्श यही वर्ष २०८२ को माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ।

यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्। सन् २०२३ र २०२५ मा पनि इन्स्योरेन्स डिस्कोर्श सम्पन्न गरिसकेको छ।