कीर्तिमानी बिन्दुबाट घट्यो सुनको मूल्य, तोलाको २ लाख ७६ हजार ५००


काठमाडौं – नेपाली बजारमा आज बिहीबार सुनको मूल्य कीर्तिमानी बिन्दुबाट घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो तोलामा १ हजार ५०० रुपैयाँले बढेर सुन २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।