काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओमा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ। संस्थाले पुस २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आज बैकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ।
संस्थाले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो। संस्थाले साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ। यस्तो अनुपात ७०ः३० कायम गर्नु पर्ने भएकाले त्यसका लागि कम्पनीले एफपीओ निष्कासन गरेको हो।
संस्थाले प्रतिशेयर १०० रुपैयाँ अकिंत दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो एफपीओमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।





About Us
प्रतिक्रिया