काठमाडौं – खल्ती बाइ आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का कार्यकाल पूरा गरी बाहिरिएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर उनी खल्ती बाइ आईएमईको सीईओबाट बाहिरिएका हुन् ।
कम्पनीले सामाजिक सञ्जालमार्फत खड्कालाई आगामी दिनको शुभकामना दिँदै खड्काको नेतृत्वले आफ्नो यात्रामा महत्वपूर्ण भूमिका खेलेको बताएको छ ।
खड्काको कार्यकालमा नै गत साउन १ गतेदेखि आईएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत कारोबार सुरु गरेका थिए । मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेर सबैभन्दा ठूलो वालेट कम्पनी बन्न पुगेको थियो ।






About Us
प्रतिक्रिया