काठमाडौं – सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन आचार्य नियुक्त भएका छन्। हाल डिसीईओमा कार्यरत रहेका आचार्यलाई बैंक सञ्चालक समितिले सीईओको जिम्मेवारी दिएको हो।
हालका सीईओ निश्चलराज पाण्डेको पहिलो कार्यकाल सकिएपछि आचार्यलाई सीईओमा नियुक्ती गरेको हो। २१ वर्षदेखि सानिमा बैंकमा कार्यरत उनलाई सीईओ नियुक्त गरेको हो।
सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले माघ १२ गतेदेखि लागू हुनेगरी आचार्यलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो। आचार्यले पिट्सबर्ग स्टेट विश्वविद्यालयबाट एमबिए गरेका छन्। आचार्य हाल सानिमा क्यापिटलको अध्यक्ष समेत छन्।






About Us
प्रतिक्रिया