काठमाडौं – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र यसपछिको ध्वंसमा परेर भएको क्षतीको दाबी भुक्तानीमा बीमा कम्पनीहरुले अग्रसरता देखाएका छन् । कम्पनीहरुले आएको दाबीमध्येबाट सिमित रकम अग्रिम भुक्तानी दिँदै सेवाग्राहीलाई सहजीकरण गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड रुपैयाँ अग्रिम भुक्तानी दिइसकेका छन् । हालसम्म बीमा कम्पनीहरुमा २३ अर्ब २३ करोड रुपैयाँ बीमा दाबी रकम परेको छ । जसमध्येबाट २ अर्ब ७९ करोड रुपैयाँ भुक्तानी दिएका हुन् ।
निजी क्षेत्रले सो आन्दोलनबाट झण्डै खर्ब रुपैयाँभन्दा पनि बढीको क्षती भएको दाबी गरेका छन् । तर, बीमा कम्पनीहरु समक्ष भने २३ अर्ब २३ करोड रुपैयाँको मात्रै दाबी परेको छ । प्राधिकरणकाअनुसार हालसम्म १८ वटा कम्पनीमा यो रकम बराबरको दाबी परेको छ ।






About Us
प्रतिक्रिया