काठमाडौं – गत आर्थिक वर्ष ०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल २१ वटा सूचीकृत कम्पनीहरूले आफ्ना शेयरधनीहरूका लागि लाभांश घोषणा गरिसकेका छन् । विकास बैंक, वाणिज्य बैंक, हाइड्रोपावर, त्यस्तै, माइक्रोफाइनान्स क्षेत्र गरी जम्मा २१ कम्पनीहरूले हाल लाभांश घोषणा गरेका छन् ।
नेपाल स्टक एक्चेञ्जमा कारोबार हुँदै आएका १९ वटा वाणिज्य बैंकहरूमध्ये सात वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् । जसमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स, सिद्धार्थ, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले समेत आफ्ना शेयरधनीका लागि लाभांश घोषणा गरेका छन्।
हाल लाभांश घोषणा गर्ने बैंकहरूमध्ये सबैभन्दा धेरै प्रतिफल दिने बैंकहरूमा एभरेष्ट बैंक छ । यस बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरि जम्मा २० प्रतिशत लाभांश घोषणा गरेको छ । स्ट्यान्डर्ड चार्टर्डले १९ प्रतिशतको नगद लाभांश दिने घोषणा गरेको छ ।
नेपाल स्टक एक्चेञ्जमा कारोबार हुँदै आएका १९ वटा वाणिज्य बैंकहरूमध्ये सात वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् । जसमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स, सिद्धार्थ, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले समेत आफ्ना शेयरधनीका लागि लाभांश घोषणा गरेका छन्।
हाल लाभांश घोषणा गर्ने बैंकहरूमध्ये सबैभन्दा धेरै प्रतिफल दिने बैंकहरूमा एभरेष्ट बैंक छ । यस बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरी जम्मा २० प्रतिशत लाभांश घोषणा गरेको छ । स्ट्यान्डर्ड चार्टर्डले १९ प्रतिशतको नगद लाभांश दिने घोषणा गरेको छ ।
त्यससँगै क्रमशः माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगदसहित ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । त्यस्तै, गत वर्षको नाफाबाट यस वर्ष सानिमा बैंकले ७ दशमलब ३७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यसैगरी, सिटिजन्स बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरि ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५ दशमलव २६ प्रतिशत नगद लाभांश गरी कुल १०.५६ प्रतिशत लाभांश घोषणा गरेको हो । साथै, ग्लोबल आइएमई बैंकले ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सानिमा बैंक र ग्लोबल आइएमई बैंकका लगानीकर्ताले यस वर्ष नगद लाभांश मात्रै प्राप्त गर्नेछन् ।
कति वटा विकास बैंकले गरे लाभांश घोषणा ?
नेप्सेमा सुचिकृत १५ वटा विकास बैकमध्ये गत आवको मुनाफाबाट हालसम्म ४ वटा विकास बैंकहरूले मात्रै शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छन् । जसमा मुक्तिनाथ, कामना सेवा, गरिमा र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् ।

४ बैंक मध्ये सबैभन्दा धेरै लाभांश दिनेमा मुक्तिनाथ विकास बैंक रहेको छ ।बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनस गरि जम्मा १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनससहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै, गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा ६ प्रतिशत बोनस र ४.५३ प्रतिशत नगद लाभांश रहेको छ ।
साथै, मितेरी डेभलपमेन्ट बैंकले समेत आफ्ना शेयरधनीका लागि लाभांश घोषणा गरिसकेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

About Us
प्रतिक्रिया