काठमाडौं – अर्थ मन्त्रालयले शरद ओझालाई अध्यक्ष पदमा काम गर्न पूर्ण रूपमा रोक्न कडा निर्देशन दिएको छ। नेपाल बीमा प्राधिकरणलाई औपचारिक पत्र लेख्दै अर्थमन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयको पत्र सर्वोच्च अदालतको अल्पकालीन आदेशसँग जोडिएको छ। भदौ ३१ गतेदेखि ओझाले प्राधिकरणमा अध्यक्षको रूपमा जिम्मेवारी सम्हाल्न थालेका थिए । मन्त्रालयका अनुसार, ओझा सरकारले फर्जी कागजातको आधारमा नियुक्त गरेको भन्दै असार ३० गतेबदेखि निलम्बनमा परेका थिए ।
मन्त्रालयले प्राधिकरणसँग यस्तो अवस्थामा कसरी उनी प्रवेश गरे र काम गर्न थाले यसको विस्तृत विवरण पनि मागेकाे छ । ओझा असार ३० गते निलम्बनमा परेसँगै अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
यसअघि नेपाल सरकार मन्त्रिपरिषद्काे बैठकले ओझालाई बर्खास्त गरेकाे थियाे। तर, सर्वोच्चको अन्तरिम आदेशले ओझालाई यथास्थितिमा राख्न भनेसँगै ओझा प्राधिकरणा फर्किएका छन् ।






About Us
प्रतिक्रिया