रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका सञ्चालक कार्कीद्वारा राजीनामा


काठमाडौं – रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक डा. भिष्म कार्कीले राजीनामा दिएका छन् ।

कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दैं आएका सञ्चालक कार्कीले व्यक्तिगत कारण देखाई सो पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको १६० औं बैठकको निर्णयले कार्कीले दिएको राजीनामा स्वीकृत गरेको छ ।