काठमाडौं – धेरै किसान र पशुपालकहरूले बीमा गरेपनि दाबी प्रक्रियामा आवश्यक कागजातबारे थाहा नपाउँदा क्षतिपूर्ति पाउन नसकेको पाइन्छ । बीमा नियम अनुसार, बीमालेखमा उल्लेख भएको समयसीमा भित्र वा सकेसम्म छिट्टै बीमा कम्पनीलाई हानी–नोक्सानीबारे जानकारी दिनुपर्छ ।
दावी गर्न आवश्यक कागजातहरू
१. दाबी फारम – सम्पूर्ण विवरणसहित भर्नुपर्ने ।
२. बीमालेखको प्रति – पूर्ण क्षतिको हकमा सक्कल बीमालेख
– आंशिक क्षतिको हकमा छायाप्रति
३. छिमेकीको मुचुल्का – कम्तीमा ५ जनाको हस्ताक्षरसहित ।
४. वडा कार्यालयको सिफारिस
५. बीमालेखमा उल्लेख भएअनुसारको अद्यावधिक अभिलेख
बीमाका प्रकार:
१. कृषि बीमाः धान, मकै, गहुँ, मुसुरो, तोरी, सूर्यमुखी, तरकारी, च्याउ, फलफूल, फूल, मसला, घाँसे बाली जस्ता बालीमा हुने हानी–नोक्सानीको बीमा ।
२. पशुपन्छी बीमाः गाई, भैंसी, भेडा, बाख्रा, कुखुरा, हाँस, सुँगुर, माछा लगायत पशुपन्छीको बीमा।
३. जडिबुटी बीमाः टिमुर, हर्रो–बर्रो, लौठसल्ला, पाँचऔँले, जटामसी, चिराइतो, मेन्था, पुदिना, घ्युकुमारी आदि जडीबुटीमा हुने हानीको बीमा।
दाबी गर्न आवश्यक कागजातहरू:
१. दाबी फारम – सम्पूर्ण विवरणसहित भर्नुपर्ने ।
२. बीमा लेखको प्रति – पूर्ण क्षतिको हकमा सक्कल बीमालेख
– आंशिक क्षतिको हकमा छायाप्रति
३. छिमेकीको मुचुल्का – कम्तीमा ५ जनाको हस्ताक्षरसहित ।
४. वडा कार्यालयको सिफारिस
५. बीमालेखमा उल्लेख भएअनुसारका अद्यावधिक अभिलेख
कुन–कुन जोखिममा बीमा लागू हुन्छ?
आगलागी र चट्याङ
भूकम्प
बाढी, डुबान, पहिरो
आँधीबेहरी, हिउँ, असिना, तुसारो
रोग र किरा
आकस्मिक वा दुर्घटनाजन्य कारण
यसरी आवश्यक कागजात समयमै बुझाएर प्रक्रिया पुरा गरेमा बीमित किसान वा पशुपालकले बीमाबाट सहजै क्षतिपूर्ति पाउन सक्छन् ।






About Us
प्रतिक्रिया