काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले लगानीकर्तालाई असोज २४ गते १९ औं वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको ३९९ औं बैठकको निर्णयअनुसार सो सभा काठमाडौंको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ५.७८ प्रतिशत नगद लाभांश (करसहित) लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण,असार मसान्त २०८२ को वासलात, आव २०८१/८२ को नगद प्रवाह विवरण, नाफा र नोक्सान बाँडफाँट हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।
आव २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित गरिनुका साथै ३ जना संस्थापक र ३ जना सर्वसाधारण गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै बैंकको प्रस्तावित लाभांश पाउने र सभामा सहभागी हुन योग्य हुनेछन् ।



About Us
प्रतिक्रिया