असोज महिनामा पनि बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?


काठमाडौं – वाणिज्य बैंकहरुले असोजमा पनि ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । असोज महिनाका लागि बैंकहरुले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१२ प्रतिशत घटाएर औसत ५.४६ प्रतिशतमा झारेका छन्। भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.५८ प्रतिशत थियो । यस्तै, असोजमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.०९ प्रतिशत घटेर ३.८७ प्रतिशतमा कायम भएकाे छ ।

गत साउनमा संस्थागततर्फ औसत ३.९६ प्रतिशत ब्याजदर थियो । बैंकको संस्थापक मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर समीक्षा अवधिमा ०.०८८५ प्रतिशत विन्दुले घटेको छ । असाेज महिनाका लागि ९ वटाले ब्याजदर घटाउँदा ९ वटाले भदौकै ब्याजदरलाई कायम राखेका छन् ।

भदाैका लागि स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएका छन् । यस्तै, असाेज लागि प्राइम कमर्शियल, सानीमा, एभरेष्ट, सिटिजन्स, एनआईशी एशिया नेपाल एसबीआई, कृषि बैक, नेपाल बैंक र कुमारी बैंकले ब्याजदर घटाएका छन्

ग्लोबल आईएमई , प्रभु , माछापुच्छ्रे, एनएमबि , हिमालयन , सिद्धार्थ , नबिल र राष्ट्रिय वाणिज्य , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोजका लागि ब्याजदर स्थिर राखेका छन् । 

बैंकहरूकाे ब्याजदर:

बैंककाे नामभदाै असाेज
स्ट्यान्डर्ड चार्टर्ड५.१३५.१८
लक्ष्मी सनराइज बैंक५.२५
नेपाल५.४ ५.२५
सिटिजन्स५.५ ५.२५
नेपाल एसबीआई५.२५ ५.१८
एभेष्ट५.७५५.२५
एनआईशी एशिया६.२५
कुमारी५.२१५.०१
प्राइम कमर्शियल५.५
कृषि विकास५.२ ५.०५
सानिमा५.७५५.२५
हिमालयन
एनएमबि
प्रभु५.३५ ५.३५
ग्लाेबल आईएमई
सिद्धार्थ५.५ ५.५
नेपाल इन्भेष्टमेन्ट मेगा५.२५ ५.२५
नबिल ५.५ ५.५
माछापुच्छ्रे 
राष्ट्रिय वाणिज्य ५.५ ५.५