काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आर्थिक विकासका लागि केन्द्रीय बैंकले सक्दो सहयोग गर्ने बताएका छन् । अर्थमन्त्री डा.रामेश्वर खनालको पदभार कार्यक्रममा अर्थमन्त्रालय पुगेका गभर्नर डा. पौडेलले अर्थमन्त्रालयलाई सक्दो सहयोग गर्ने बताए ।
उनले भने,‘जेनजी प्रदर्शनका कारण ६८ वटा बैंकका शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरुको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दुःखद् छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ’, उनले भने ।



About Us
प्रतिक्रिया