जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सनमा ६ प्रतिशत वृद्धि, निजी कम्पनीहरूको अग्रता


काठमाडौ – भारतको जीवन बीमा क्षेत्रले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा प्रिमियम कलेक्सनमा ६.२ प्रतिशतको वृद्धि हासिल गरेको छ। यो अवधिमा कुल प्रिमियम  १ खर्ब माथि  पुगेको छ। जसमा निजी बीमा कम्पनीहरूले ६५ करोड प्रिमियम संकलन गरेका छन् । 

यता, सरकारी स्वामित्वको जीवन बीमाको प्रिमियम भने ३ प्रतिशतको सामान्य वृद्धि भएको छ । निजी क्षेत्रमा एसबीआई लाइफ, एचडीएफसी लाइफ र आईसीआईसीआई प्रुडेन्सियल लाइफजस्ता प्रमुख कम्पनीहरूले उल्लेख्य वृद्धि गरेका छन्।  

विशेषगरी एचडीएफसी लाइफ इन्स्योरेन्स कम्पनीले एकल प्रिमियम र सामूहिक पोलिसीबाट केही वृद्धि गरेको छ। व्यक्तिगत प्रिमियममा ९ प्रतिशत र सामूहिक प्रिमियममा ४ ले वृद्धि गरेको छ ।