ज्योति विकास बैंकको सम्पूर्ण बैंकिङ्ग सेवा बन्द हुने


काठमाडौं – देशमा उत्पन्न विषम परिस्थिती र सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै ज्योति विकास बैंकले सम्पुर्ण शाखा कार्यालय तथा एटीएम आउटलेट बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै अर्को सुचना जारी नभएसम्मका लागि बैंकिङ्ग सेवा बन्द रहने बताएको हो ।

बैंकको डिजिटल बैंकिङ्ग सेवा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको र उक्त सेवामार्फत प्राप्त हुने विवरण सही नहुन सक्ने हुँदा यदि सही सुचना प्राप्त नभएमा पनि नआत्तिन अनुरोध गरेको छ । ‘यस विकास बैंकको डिजिटल बैंकिङ्ग प्रणाली पुर्ण रुपमा सुरक्षित रहेको र केही समय पश्चात डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने व्यहोरा समेत जानकारी गराइन्छ’ बैंकले जारी गरेको सूचनामा भनिएको छ ।