नियन्त्रणबाहिर जेनजी आन्दोलन, देशभर लाखौं सर्वसाधारण उत्रिए सडकमा


काठमाडौं । सरकारद्वारा १९ जनाको हत्याविरुद्ध देशव्यापीरुमा लाखौं सर्वसाधारण सकडमा उत्रिएका छन् । भदौ २३ गतेका लागि तय भएको शान्तीपूर्ण आन्दोलनमा सरकारले १९ जनाको हत्या गरेको थियो । सो हत्यापछि देशव्यापीरुपमा आन्दोलन चर्किएको हो ।

यससँगै, देशभरका विभिन्न स्थानमा लाखौं सर्वसाधारण सडकमा उत्रिएका छन् । राजनीतिक दलका कार्यालय, दलका नेताका निजी निवास, सरकारी भवन तथा अड्डा लगायतमा आगजानी र तोडफोड भइरहेको छ । यसका लागि देशभरका नयाँ पुस्ता (जेनजी) र अभिभावक सडकमा उत्रिएका हुन् ।

‘जेनजी’ पुस्ता सडकमा काठमाडौँ, २३ भदौः काठमाडौँको माइतीघर आसपास क्षेत्रमा विकृति विसङ्गतिको अन्त्यसहित सुशासनको माग गर्दै ‘जेनजी’ पुस्ता सडकमा । तस्बिरः किरणराज विष्ट/रासस

यससँगै, देशको सुरक्षा व्यवस्था सुरक्षा निकायको काबुबाहिर पुगेको छ । देशका विभिन्न ठाउँमा गोली चलेको छ भने दर्जनभन्दा बढी स्थानमा निषेधाज्ञा गरिएको छ । तरपनि सर्वसाधारणलाई रोक्न असक्षम भइरहेको छ ।

हालसम्म केपी शर्मा ओली, शेरबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चारमन्त्री, गगन थापा, ऊर्जा मन्त्री, रमेश लेखक, गोकुल बास्कोटा लगायतको घरमा आगजनी भइसकेको छ ।