जेनजी आन्दोलनको प्रभाव बीमा कम्पनीमा, ६ कम्पनी इक्रा नेपालको निगरानीमा


काठमाडौं – क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ५ वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनीमा नकारात्मक प्रभावहरूसहितको निरीक्षण सूचीमा राखेको छ । भदौ २३ र २४ गते भएको प्रदर्शन त्यसको प्रभावले असर परेको बीमा कम्पनीहरूमा रेटिङ एजेन्सीले यस्तो सूचीमा राखेर नजिकबाट नियाल्ने जनाएको हो ।

इक्राले नेपाल पुनर्बीमा कम्पनी र शिखर इन्स्योरेन्सलाई डबल ए माइनस, एनएलजीलाई ए माइनस र युनाइटेड अजोडलाई ट्रिपल बी प्लस इस्युअर रेटिङ सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरलाई ए, दिएको थियो । इक्राले यी बीमा कम्पनीको वित्तीय प्रोफाइललाई निगरानीलाई निरन्तरता दिने र आवश्यक रेटिङ कदम चाल्ने बताएको छ । रेटिङ एजेन्सीले सम्बन्धित बीमकको वित्तीय अवस्था, आदिमा पर्ने प्रभावको निगरानी गर्न जारी राख्दै मूल्यांकनसम्बन्धी निर्णय परिमार्जन गर्ने जनाएको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ६ बीमा कम्पनीसँगै भौतिक क्षति भएका ५ व्यवसाय र पर्यटन क्षेत्रमा २ कम्पनीलाई इक्राले दिएको रेटिङमा नकारात्मक प्रभावहरूसहितको निरीक्षण सूचीमा थपिएको हो ।

रेटिङ एजेन्सीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रारम्भिक मूल्यांकनअनुसार हालैका घटनाहरूले भएको नोक्सानीले निर्जीवन बीमा क्षेत्र पुनर्बीमा कम्पनीहरूमा ठुलो प्रभाव पार्ने सम्भावना रहेको छ ।’