प्रभु क्यापिटलले बोलायो १७ औँ वार्षिक साधारण सभा


काठमाडौं –  प्रभु क्यापिटल लिमिटेडले शेयरधनीहरुलाई आउँदो असोज १० गते १७ औँ वार्षिक साधारण सभामा बोलाएको छ। क्यापिटलको भदौ १९ गते बसेको सञ्चालक समितिको २१८ औँ बैठकको निर्णयअनुसार उक्त सभा रोयल सिंगी होटेल, कमलादी, काठमाडौंमा बिहान ९ बजे देखि बस्ने निर्णय गरेको हो । 

क्यापिटलले सो सभा मार्फत लेखा परीक्षकको प्रतिवेदन सहितको प्रभु क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने त्यस्तै, आव २०८२/८३ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । 

साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८१/८२ वित्तीय विवरणबाट शेयर धनीलाई वितरण गर्ने जम्मा १२.६३१६ प्रतिशत मध्ये कम्पनीको हालको चुक्ता पुँजीको ८.६३१६ प्रतिशतले हुने नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।