काठमाडौं – झुट्टा सवारी दुर्घटना खडा गरी बीमा रकम दाबी गर्ने गिरोहका ६ जना काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीको विशेष टोलीले विभिन्न मिति र समयमा नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ललितपुरका १४ वर्षीय सुनिल महर्जन, ३३ वर्षीय विकेश कुँवर, काठमाडौंका ५१ वर्षीय विनोद डंगोल,सर्लाहीका ३९ वर्षीय सुनिल सापकोटा, , काभ्रेपलान्चोकका ४८ वर्षीय हरि प्रसाद गौतम र बाराका ४५ वर्षीय मनोज कुमार आचार्य रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले सरकारी कार्यालयका नक्कली कागजात, छाप तथा नक्कली घाइते खडा गरी उपचारसम्बन्धी कागजात समेत बनाइ नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी बाट बिमा रकम भुक्तानी लिएको प्रारम्भिक अनुसन्धानमा खुलासा भएको छ।
बि.एण्ड बि अस्पतालमा नक्कली उपचार कागजात तयार गरी भुक्तानी लिन सहयोग गर्ने कम्पनीका कर्मचारी समेत यस प्रकरणमा संलग्न भएको प्रहरीले जनाएको छ। उनीहरूलाई लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया