एक वर्षमा बैंकहरुले गरे १७ खर्ब बढी अन्तर बैंक कारोबार


काठमाडौं – एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूबीच १५ खर्ब ७१ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) बीच १ खर्ब ५१ अर्ब ७३ करोड गरी कुल १७ खर्ब २३ अर्ब ५९ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

राष्ट्र बैंकको विवरण अनुसार अघिल्लो वर्ष वाणिज्य बैंकहरूबीच ३८ खर्ब ६३ अर्ब ४८ करोड र अन्य वित्तीय संस्थाहरूबीच ३ खर्ब ६३ अर्ब गरी कुल ४२ खर्ब २६ अर्ब ४८ करोडको अन्तर बैंक कारोबार भएको थियो ।