प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट डिजिटल एसएमइ बैंक’ उपाधि


काठमाडौं – प्रभु बैंकले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित युरोनोमि एक्सीलेन्स अर्वाड २०२५ प्राप्त गरेको छ । यस पुरस्कार अन्तर्गत प्रभु बैंकलाई  नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइको रुपमा सम्मानित गरिएको हो।

यस उपलब्धिले प्रभु बैंकले साना तथा मझौला उद्यमीहरूलाई डिजिटल सेवामार्फत प्रदान गर्दै आएको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त भएको पुष्टि गरेको छ ।

यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ जस्ता महत्वपूर्ण पुरस्कारहरू जितिसकेको छ । बैंकले ग्राहकमैत्री डिजिटल सेवा, सहज पहुँच र व्यवसायिक पारदर्शिताका कारण निरन्तर यस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ ।