काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको टिकाथली बस्ने ४६ वर्षीय प्रदिप खत्री रहेका छन् ।
लक्ष्मी बस्नेतको जाहेरीमा उच्च अदालत पाटनको फैसलामार्फत जाहेरवालालाई बिगो बापत २० लाख रुपैयाँ भराई दिनुपर्ने, प्रतिवादीलाई २० लाख रुपैयाँ जरिवाना, ७ दिन कैद सजाय र पीडित राहत कोषमा क्षतिपूर्ति स्वरूप ८० हजार रुपैयाँ बुझाउनुपर्ने ठहर गरेको थियो।
फैसला कार्यान्वयनका क्रममा खत्री फरार रहेका कारण मिति २०८२ भदौ १३ गते साँझ ४ बजे काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया