लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी


काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक र सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो ।

बैंकले गजेहडा शाखा र महेन्द्रनगर शाखाका लागि कर्मचारी माग गरेको हो । बैंकले व्यवस्थापन संकायमा न्यूनतम स्नातक गरेको हुनुपर्ने र स्नातकोत्तर गरेका उम्मेदवारलाई प्राथमिकता दिइने बताएको छ ।

बैंकले जुनियर अफिसर पदका लागि कम्तिमा ४ वर्षको बैंकिङ्ग अनुभव जसमा कम्तिमा २ वर्ष शाखा सञ्चालन तथा कर्जा सम्बन्धी कार्यमा अनुभव भएको हुनुपर्ने उल्लेख गरेको छ । यस्तै, सुपरभाइजर पदका लागि कम्तिमा ३ वर्षको बैंकिङ्ग अनुभव जसमा कम्तिमा १ वर्ष शाखा सञ्चालन तथा कर्जा सम्बन्धी कार्यमा अनुभव भएको हुनुपर्ने बताएको छ ।