२१ लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन घर भई हाल  ललितपुरको गोदावरी बस्ने गरेका ३३ वर्षीय प्रकाश कुमार खड्का रहेका छन् । 

ललितपुर जिल्ला अदालतको फैसला अनुसार उनलाई २० लाख ९० हजार बिगो भराई दिने र सोही रकम बराबर जरिवाना तिर्ने तथा ७ दिन कैद हुने ठहर गरेको थियो। तर, खड्का फैसला कार्यान्वयन अघि फरार भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुर गोदावरीबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा उपस्थित गराएकाे छ ।