आज पनि घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?


काठमाडौं – हिजो तोलामा आठसय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार दुईसय रुपैयाँ घटेको हो।

सुनको मूल्य आज तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलको एकलाख ९६ हजार तीनसय रुपैयाँ थियो। गएको शुक्रबार तोलामा ६ सय घटेको सुनको मूल्य आइतबार थप सातसय रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर दुईहजार तीनसय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।