काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको मूल्य प्रतितोला १ लाख लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
यससँगै आज चाँदी तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय १० रुपैयाँमा किनबेच भएको थियो।





About Us
प्रतिक्रिया