एकैदिन ६ अर्बले बढ्यो बैंकिङ्ग निक्षेप


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेपमा भारी रकमको वृद्धि देखिएको छ । केन्द्रीय बैंकको साउन २७ र २८ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेप एकैदिन ६ अर्ब रुपैयाँले बढेको देखाएको हो ।

साउन २७ गतेसम्म ७२ खर्ब २० अर्ब रहेको बैंकिङ्ग निक्षेप भोलिपल्ट बढेर ७२ खर्ब २६ खर्ब रुपैयाँ पुगेको हो । समिक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ७ अर्ब रुपैयाँको वृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कर्जा प्रवाहमा भने सामान्य सुधार देखिएको छ । समिक्षा अवधिमा बैंकिङ्ग प्रणालीको कर्जा प्रवाह पनि १ अर्बले बढ्दै ५५ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि १ अर्ब रुपैयाँले नै बढेको छ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार सो अवधिमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत र सीडी रेसियो ७६ दशमलव २२ प्रतिशत रहेको छ ।