काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । यसअघिका प्रमुख कार्यकारी अधिकृतले स्वास्थ्यमा समस्याको कारण देखाउँदै राजीनामा दिएपछि रिक्त भएको पदमा पौडेल नियुक्त भएका हुन् ।
बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई भदौ १ गतेदेखि नै लागू हुने गरेर नियुक्त गरेको उपप्रबन्धक कृष्ण दवाडीले जानकारी दिए । पाैडेल ४ वर्षे कार्यकालका लागि बैंककाे सीईओमा नियुक्त भएका हुन् ।
पौडेल भोजपुर जिल्लाका पौवादुङ्गमा गाउँपालिकाकामा जन्मे हुर्केर बैंकर बनेका व्यक्ति हुन् । यसअघि बैंकका सीईओ रहेका विष्णु रेग्मीले स्वास्थ्यको कारण देखाई पदबाट राजीनामा दिएका थिए ।



About Us
प्रतिक्रिया