प्राधिकरणद्वारा १४६ पालिकामा बीमा प्रवद्र्धन तथा सचेतनामूलक कार्यक्रम सम्पन्न


काठमाडौं – नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा १४६ पालिकामा बीमा प्रवर्द्धन  तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको बीमा प्रतिबिम्बको तथ्यांक अनुसार नेपालको विभिन्न प्रदेश सरकारसँग ६ वटा अन्तक्रिया गरेको जानकारी दिएको छ ।

विवरणअनुसार प्रदेशगत रूपमा हेर्दा, केन्द्रीय कार्यालयमा २३, कोसी प्रदेशमा २०, मधेस प्रदेशमा १८, लुम्बिनी प्रदेशमा २० गण्डकी प्रदेशमा २५ कर्णालीमा २० र सुदूरपश्चिम प्रदेशमा २० अन्तरक्रिया सम्पन्न गरेको हो ।

प्राधिकरणले विगतको वर्षहरूमा जस्तै यस वर्ष पनि केन्द्रीय कार्यालय तथा प्रदेश कार्यालयबाट प्रदेश सरकार स्थानीय तह विद्यार्थीहरू उद्योग वाणिज्य, आर्थिक पत्रकार लगायत विभिन्न सरोकारवाला निकायसँग बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।