नेपाल पुनर्बीमा कम्पनीको सचिवमा पौडेल


काठमाडौं –  नेपाल पुनर्बीमा कम्पनीको सचिवमा शेखर पौडेल नियुक्त भएका छन् । कम्पनी ऐन, २०६३ को दफा १८५ तथा कम्पनीको नियमावलीको नियम ४४ को व्यवस्था बमोजिम पौडेल सो पदमा नियुक्त भएका हुन् । 

यसअघि कम्पनीका मुख्य प्रबन्धक तथा कम्पनी सचिव ईश्वर प्रधानले साउन २९ गते देखि लागू हुने गरी यस पदबाट राजीनामा दिएसँगै उक्त पदमा पौडेल नियुक्त भएका हुन् ।