काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य तंथ्याकहरुको विश्लेषण समेटिएको बीमा प्रतिबिम्ब सार्वजनिक गरेको छ । बीमा प्राधिकरणले बीमा क्षेत्रको प्रभावकारी नियमन, अनुगमन र विश्लेषणको कार्य सम्पादन गर्दै बीमा प्रतिबिम्बमा बीमा क्षेत्रको सबै तंथ्याकहरुलाई प्रस्तुत गरेको छ ।
प्रतिबिम्बकाे तथ्यांकअनुसार चालू आर्थिक वर्ष असार मसान्तसम्ममा जीवन र लघुनिर्जिवन बीमा कम्पनीहरूबाट ७० लाख ४६ हजार ५८० वटा बीमालेख जारी भएका छन् । यस्तै, साे अवधिमा जीवन बीमा कम्पनीहरूबाट जम्मा ३२ लाख ४४ हजार ३८३ वटा बीमालेख जारी गरिएको प्रतिबिम्बमा उल्लेख गरिएको छ । साथै, प्राधिकरणले बीमकहरूको जोखिममा आधारित सुपरिवेक्षणसमेत कार्य सुरु गरिएको जानकारी दिएकाे छ ।
आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा ३ वटा जीवन बीमक र १ वटा निर्जीवन बीमक गरी जम्मा ४ वटा बीमकहरूमा यो सुपरिवेक्षण सम्पन्न भएको छ। साथै, अन्य बीमकहरूमा पनि यो प्रक्रियालाई अगाडि बढाउन प्रारम्भिक छलफल सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सोही अवधिमा बीमाांकीय मूल्यांकन प्रतिवेदनको स्वीकृतिमा समेत प्रगति हासिल गरेको छ। यो मूल्यांकन र सल्भेन्सी अनुपात सम्बन्धी विवरणहरू आगामी दिनमा सार्वजनिक गरिने बताइएको छ।
बीमा क्षेत्र नेपालको अर्थतन्त्रको एक महत्त्वपूर्ण आधार स्तम्भका रूपमा रहेको छ। जसले वित्तीय सुरक्षाको सुनिश्चितता, दीर्घकालीन लगानी र सामाजिक स्थायित्वमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। यो विश्लेषणमा बीमा पहुँच, बीमकहरूको वित्तीय अवस्था, दाबी भुक्तानी, बीमालेख संख्या, बीमाशुल्क संकलनलगायतका प्रमुख सूचकहरूको अध्ययन गरिएको छ।
बीमा क्षेत्रका प्रमुख तथ्यांकहरूको विश्लेषणले यस क्षेत्रमा भएको प्रगति, चुनौतीहरू र नीतिगत आवश्यकताहरूको पहिचानमा सहयोग पुर्याउँछ। यो विश्लेषण बीमा क्षेत्रको पारदर्शिता, जबाफदेहिता र नीति निर्माणमा आधार बन्नेछ । साथै, बीमकहरू, नीति निर्माता, अनुसन्धानकर्ता र आम सर्वसाधारणलाई उपयोगी जानकारी प्रदान गर्ने उद्देश्यले यो तयार पारिएको प्राधिकरणले जनाएकाे छ ।





About Us
प्रतिक्रिया