एशियन लाइफ इन्स्योरेन्सको नाफा ४० करोड, अन्य सूचक कस्तो ?


काठमाडौं– एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा ४० करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको रिटर्न अर्निङ्गमा ८० करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमाकोषको आकार १०.५२ प्रतिशतले बढेर ४७ अर्ब ७ करोड पुगेको छ । यस्तै, कम्पनीले गत आर्थिक वर्षमा ९ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ८ अर्ब ५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष कम्पनीले ८१ करोड ७ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । कम्पनीले बीमा पोलिसी धितोमा राखी ५ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।