काठमाडौं – नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ७१ करोड बीमा शूल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६० करोड बीमा शूल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ५५ करोड नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५९ करोड नाफा आर्जन गरेको थियो ।
कम्पनीले यो वर्ष दावी भूक्तानीमा ८५ करोड खर्चिएको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७६ करोड खर्चिएको थियो । साथै, कम्पनीले अन्य खर्चमा १ अर्ब ६५ करोड खर्च गरेको छ ।
कम्पनीले कर तिर्नु अघि ८२ करोड नाफा आर्जन गरेको थियो भने २७ करोड कर तिरेपछि ५५ करोड नाफा आजन गरेको छ । साथै, यो वर्ष इपिएस पनि घटेर २१.९० पुगेको छ जबकि अघिल्लो आर्थिक वर्षमा २९.३४ थियो ।





About Us
प्रतिक्रिया