नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ६० करोड माथि, बीमा शुल्क संकलन ४७ अर्ब पुग्यो


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ \८२ मा ४७ अर्ब रुपैयाँ खुद बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लोे आवमा बीमा शुल्क रकम ४० अर्ब ११ करोड रुपैयाँ संकलन गरेको थियो ।
कम्पनीले यो समयमा ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५१ करोड ३९ लाख कमाएको थियो । यो अघिल्लो वर्षको तूलनामा ९ करोडले बढी हो ।

कम्पनीले गत वर्ष ५७ अर्ब ३२ करोड रुपैयाँको दाबी भुक्तानी दिएको छ भने अघिल्लोे वर्ष ४९ अर्ब दाबी भुक्तानी दिएको थियो । यस्तै, कर्मचारी, फाइनन्स, सेवा शुल्क र विभिन्न कमिशन तथा भत्ता शीर्षकमा ६४ अर्ब रुपैयाँ खर्चिएको छ । यसमा कम्पनीले अभिकर्तालाई ३ अर्ब ६६ करोड रुपैयाँ दिएको छ भने अघिल्लो वर्ष ३१ अर्ब रुपैयाँ दिएको थियो ।

कम्पनीले कर तिर्नुअघि ४ अर्व १६ करोड रुपैयाँ आम्दानी गरेको थियो । राज्यकोषमा ३ अर्व ५५ करोठ रुपैयाँ बुझाएपछि कम्पनीको खुद नाफा ६० करोड ३२ लाख रुपैयाँ भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी समेत ६ रुपैयाँबाट बृद्धि भई ६.६८ रुपैयाँ पुगेको छ ।