काठमाडौं – प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा ४ अर्ब २ करोड ४४ लाख नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख नाफा कमाएको थियो ।
यस्तै, बैंकले गत आर्थिक वर्षमा ८ अर्ब ८२ करोड २४ लाख खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थि वर्षमा बैंकले ७ अर्ब ८८ करोड २७ लाख खुद ब्याज आम्दानी गरेको थियो । बैंकको वितरणयोग्य नाफामा पनि सुधार आएको छ । बैंकको गत आर्थिक वर्षमा २ अर्ब ७८ करोड ८ लाख रुपैयाँ पुगेको छ । जसको आधारमा बैंकको १४.३३ प्रतिशत लाभांश क्षमता राख्छ । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ९९ करोड ५३ लाख रुपैयाँ थियो ।
यस्तै, गत आर्थिक वर्षमा बैंकको खराब कर्जा बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४.६५ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ५.५६ पुगेको हो । गत वर्ष बैंकको चक्तापूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ५२ करोड रहेको छ ।





About Us
प्रतिक्रिया