काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा सुधार आएको छ । बैंकले गत आर्थिक वर्ष २०८१÷८२ को वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा सुधार गरेको हो । बैंकले गत आर्थिक वर्षमा ६ अर्ब ७५ करोड ६६ लाख खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा भने बैंकले ४ अर्ब १० करोड ८८ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । गत आर्थिक वर्षमा १४ अर्ब १२ करोड खुद ब्याज आम्दानी गरेको बैंकले अघिल्लो आर्थिक वर्षमा १५ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको यो वर्ष लाभांश क्षमता १.३३ प्रतिशत रहेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । गत आर्थिक वर्षमा भने बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ रहेको छ भने र जगेडामा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ सञ्चिति रहेको छ । यस्तै बैंकको खराब कर्जा पनि बढेको छ । अघिल्लो वर्ष ४.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ५.८५ प्रतिशत पुगेको छ ।





About Us
प्रतिक्रिया