राष्ट्रिय बीमा कम्पनीको नाफा ४२ करोड ७६ लाख



काठमाडौं – राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ मा ४२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा ६२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको खुद ब्याज आम्दानी पनि ३१ करोड १० लाख रुपैयाँबाट घटेर २४ करोड ७४ लाख रुपैयाँमा पूगेको छ ।

गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क घटेको छ । यस समीक्षा वर्षमा कम्पनीले ४२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।