काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १६ करोड ११ लाख खुद नाफा कमाएको छ । यो अघिल्लो वर्ष २०८०/८१ को तुलनामा बढी हो । कम्पनले अघिल्लो आर्थिक वर्षमा १४ करोड ६९ लाख नाफा आर्जन गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोडले बढी हो ।
त्यस्तै, कम्पनीले यो अवधिमा ९३ करोड ९२ लाख बीमाशुल्क मार्फत आर्जन गरेको छ भने अघिल्लो वर्षमा यही शीर्षकमा ६४ करोड बीमाशुल्क मार्फत आर्जन गरेको थियो । कम्पनीले यो वर्ष दावी भुक्तानीमा ६५ करोड ३५ लाख दावी भुक्तानीमा खर्चिएको छ ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४४ करोड दावी भुक्तानी गरेको थियो । यो तथ्यांकलाई हेर्दा दाबी भुक्तानीमा कम्पनीले उल्लेख्य सुधार गरेको छ । यस्तै, कर्मचारी, फाइनान्स, सेवा शुल्क र विभिन्न कमिसन तथा भत्ता शीर्षकमा १ अर्ब २८ लाख खर्चिएको छ। कम्पनीले कर तिर्नुअघि २४ करोड नाफा कमाएको थियो । राज्य कोषमा ७ करोड तिरेर कम्पनीले १६ करोड नाफा कमाएको हो ।





About Us
प्रतिक्रिया