काठमाडौ – मेट लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ४९ करोड ६१ लाख ७२ लाख खूद नाफा कमाएको छ । सार्वजनिक वित्तिय विवरण सार्वजनिक गर्दै कम्पनीले ४९ करोड नाफा कमाएको हो ।
यो नाफा अघिल्लो आर्थिक वर्षको तूलनमा कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ८२ करोड ७९ लाख १५ हजार खूद नाफा कमाएको थियो । जुन, गत आर्थिक वर्षको तुलनामा ३३ करोड १७ लाखले बढी हो ।
कम्पनीले यसअवधिमा बीमाशूल्क बापत ६ अर्ब १ करोड २३ लाख आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा यही शीर्षकमा ५ अर्ब ४५ करोड ६४ लाख आर्जन गरेको थियो ।
तथ्यांकअनुसार कम्पनीले बीमाशूल्क आर्जनमा उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले ५५ करोड रुपैयाँले बीमाशूल्क आर्जन बढाएको हो । यसैगरी, कम्पनीको कूल आम्दानी ८ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।
यसमध्ये कम्पनीले दाबी भुक्तानीबापत ६ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै, कर्मचारी, फाइनन्स, सेवा शूल्क र विभिन्न कमिशन तथा भत्ता शीर्षकमा ८ अर्ब ६ करोड रुपैयाँ खर्चिएको छ ।
कम्पनीले कर तिर्नुअघि ९२ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । राज्यकोषमा ४३ करोड २८ लाख रुपैयाँ बुझाएपछि कम्पनीको खुद नाफा ४९ करोड ६१ लाख रुपैयाँ भएको हो ।





About Us
प्रतिक्रिया