काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेपमा भारी रकमको गिरावट देखिएको छ । केन्द्रीय बैंकको साउन २४ र २५ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेपमा भारी रकमको गिरावट देखाएको हो । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २४ गतेसम्म ७२ खर्ब ४८ अर्ब रुपैयाँ रहेको निक्षेप भोलिपल्ट घटेर ७२ खर्ब ३९ अर्ब रुपैयाँमा खुम्चिएको छ ।
यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले घट्दै ६४ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा निक्षेपसँगै कर्जा लगानीमा पनि गिरावट देखिएको छ ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार ५५ खर्ब ८१ अर्बबाट घटेर कर्जा लगानी ५५ खर्ब ७८ अर्ब रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घट्दै ४९ खर्ब ५७ अर्ब रुपैयाँमा सीमित भएको छ । सो अवधिमा सिडी रेसियो ७६.०७ र अन्तर बैंक ब्याजदर २ दशमलव ६८ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया