काठमाडौं – भारतकी अर्थमन्त्री निर्मला सीतारमणले बीमा क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को सीमा १०० प्रतिशत पुर्याउने नीतिले रोजगारीका अवसरहरू सिर्जना हुने बताएकी छिन् । उनले यो नीतिगत परिवर्तनले बीमा क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्नुका साथै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिने बताएकी हुन् ।
सीतारमणले बीमा क्षेत्रमा पूर्ण एफडीआईले नवप्रवर्तन, प्रतिस्पर्धा र बजार विस्तारलाई गति दिने उल्लेख गरिन्। ‘सय प्रतिशत एफडीआईले बीमा कम्पनीहरूलाई थप पूँजी र प्रविधि भित्र्याउने अवसर प्रदान गर्छ, जसले रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नेछ,’ उनले भनिन्। यो कदमले विशेष गरी भारतको बीमा क्षेत्रमा प्राविधिक विकास र ग्राहकमुखी सेवाहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
भारतीय बीमा कम्पनीहरूमा प्रत्यक्ष वैदेशिक लगानीको सीमा ७४ प्रतिशतबाट १०० प्रतिशत पुर्याउने घोषणा १ फेब्रुअरी २०२५ मा भारतको सङ्घीय बजेटमा गरिएको थियो।





About Us
प्रतिक्रिया