काठमाडौं– माछापुच्छ्रे बैंकले लिमिटेडले पाल्पा शाखाले रिब्दिकोट गाउँपालिका वडा न ५ मा अवस्थित श्री लक्ष्मि आधारभुत बिधालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण गरेको छ।
विद्यार्थीहरूको दैनिक एसेम्व्ली तथा अन्य विविध कार्यक्रम सञ्चालनको लागि सहजीकरण हुने र बाल कक्षा सञ्चालनको लागि कार्पेटले ठुलो भूमिका खेल्ने भन्दै बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रमको अध्यक्षता सोही विद्यालयका प्रधानाध्यापक मिना कुमारी पचभैयाले गरेका थिए र प्रमुख अतिथिको रूपमा बैंकका शाखा प्रबन्धक बिक्रान्त राणा रहेका थिए।
कार्यक्रममा बैंकका सञ्चालक प्रमुख शिबम पचभैया, कनिष्ठ सहायक सुमन पराजुली, बिरेन्द्र रावल, नारायण झेडी लगायत शिक्षक शिक्षिका, विधार्थीहरुको उपस्थिति थियो। सोही कार्यक्रमको सञ्चालन ऋषिराम भुसालले गरेका थिए ।
उक्त कार्यक्रममा शाखा प्रबन्धकले ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालयहरूलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे र आगामी दिनहरूमा यस्ता कार्यक्रम पुन गर्ने प्रतिबद्धता जाहेर गरे भने सोही स्कुलका प्रधानाध्यापक मिना कुमारी पचभैयाले यस्तो किसिमको सहयोग विद्यालयमा पहिलो पटक भएको भन्दै बैंकलाई धन्यवाद दिए ।



About Us
प्रतिक्रिया