काठमाडौं – नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ कमाएको छ । बैंकले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा नाफा बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले यस अवधिमा ब्याज आम्दानीमार्फत १६ अर्ब ३२ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । ब्याज खर्च अघि बैंकले कूल ४० अर्ब ४७ करोड रुपैयाँ ब्याजमार्फत आम्दानी गरेकोमा ब्याजमार्फतकै खर्च २४ अर्ब १४ करोड भएको छ । कूल ब्याज आम्दानीबाट कूल ब्याज खर्च घटेपछि १६ अर्ब रपैयाँभन्दा बढी खुद ब्याज आम्दानी भएको बैंकले जनाएको छ ।

यस्तै बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ शूल्क र कमिसनबापतको आम्दानी गरेको छ भने ब्याजसहित शूल्क र कसिमन खुद आम्दानी १९ अर्ब ७४ करोड रुपैयाँ छ । बैंकले कर तिर्नुअघि १० अर्ब ३४ करोड ५५ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको थियो ।
जसमा राज्यकोषमा ३ अर्ब २१ करोड रुपैयाँ कर तिरेपछि ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यसैगरी, बैंकको प्रतिशेयर आम्दानी २६.३४ रुपैयाँ छ । यस्तै, ‘प्राइस अर्निङ रेसियो’ २०.३५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ छ ।
प्रकाशित तथ्यांकअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढाएको छ । अघिल्लो आथिृक वर्षमा बैंकले ६ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले ९३ करोडले नाफा बढाएको हो ।
विवरणअनुसार गत आर्थिक वर्षको खुद नाफाबाट वितरणयोग्य लाभांश क्षमता १७.६४ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया