काठमाडौं – नेपालमा यूरो ६ बाहेकका चार पांग्रे गाडी आयात गर्न बैंकहरूले प्रतितपत्र (एलसी) खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
नेपाली सवारी साधन प्रदूषण मापदण्ड २०८२ भित्र नपर्ने सवारी तथा ढुवानीलगायतका अन्य साधानहरू पैठारी गर्न नपाइने व्यवस्था गरिएको छ।
नेपाली सवारी साधन प्रदूषण मापदण्ड २०८२ ले दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे लघु सवारी साधन युरो फाइभ र चार पांग्रे सवारी साधन भने युरो सिक्स मापदण्डको हुनुपर्ने व्यवस्था गरेको छ।




About Us
प्रतिक्रिया