विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई पनि विदेशी मुद्रा सटही सुविधा


काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई पनि विदेशी मुद्रा सटही सुविधा व्यवस्था गरेको छ।

राष्ट्र बैंकले एकीकृत निर्देशनमा नयाँ व्यवस्था थप गर्दै विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई पनि विदेशी मुद्रा सटही सुविधा थप गरेको हो ।

अब टोफेल, आईईएलटीएस, जीआरई, जिम्याट, स्याट लगायत सेवा आयात गरेका नेपाली संस्थाले त्यसबापत भुक्तानीका लागि प्रतिपटक १५ हजार डलरसम्मको सटही सुविधा पाउने केन्द्रीय बैंकले जनाएकाे छ। यो व्यवस्था (आज) शुक्रबारबाटै लागू भएको छ ।